Aadarsh-Daily

अस्ट्रेलियामा टप इन्ड टी–२० : नेपाल आज मेलबर्न स्टार्ससँग भिड्दै

ad-4p

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले डार्बिनमा नेपाली समयअनुसार बिहान सवा ७ बजे मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दैछ।

content ad p2
content left

यसअघि नेपाल दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको थियो भने पहिलो खेलमा आयोजक नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हार भोगेको थियो। यो शृङ्खलामा नेपालको यो पहिलो सहभागिता हो।

प्रतियोगितामा ११ टोली सहभागी छन् र प्रत्येक टोलीले लिग चरणमा ६ खेल खेल्ने कार्यक्रम रहेको छ। नेपालले आगामी खेलहरूमा भोली होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगेड्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले यो प्रतियोगिता खेलिरहेको हो। टप इन्ड टी–२० समाप्त भएपछि नेपालले थप अभ्यास खेल पनि खेल्नेछ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily