Aadarsh-Daily

पाकिस्तानमा भीषण बाढी र पहिरो : ३३७ जनाको मृत्यु, सयौँ बेपत्ता

ad-4p

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा लगातारको वर्षापछि आएको भीषण बाढी र पहिरोमा परी कम्तीमा ३३७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बाढीले अझै दर्जनौँ मानिस बेपत्ता बनाएको र उद्धार कार्य जारी रहेको बताइएको छ।

content ad p2
content left

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै मृत्यु बुनर जिल्लामा भएको छ, जहाँ मात्रै २०७ जनाले ज्यान गुमाएका छन्। बाढी र पहिरोका कारण धेरै गाउँका घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने सडक अबरुद्ध भएर आवतजावतमा कठिनाइ भएको छ। भौतिक संरचनामा ठूलो क्षति पुगेको समाचार अल जजिराले उल्लेख गरेको छ।

पीडित बासिन्दाले सरकारलाई बाढीबारे समयमै सचेत नगराएको भन्दै आलोचना गरेका छन्। तर सरकारले आपतकालीन पूर्वसूचना प्रणाली सक्रिय रहेको भए पनि वर्षा अत्यन्तै तीव्र भएकाले सूचना पुग्नुअघि नै बाढी आएको दाबी गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily