Aadarsh-Daily

वीरगञ्जमा हैजाको प्रकोप : संक्रमितमध्ये ११ प्रतिशतको अवस्था गम्भीर

ad-4p

पर्साको वीरगञ्जमा फैलिएको हैजाको प्रकोप गम्भीर बन्दै गएको छ। हाल विभिन्न अस्पतालमा उपचाररत २२० बिरामीमध्ये २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको पाइएको छ। तीमध्ये अधिकांशलाई सघन उपचार कक्ष (आइसीयू) मा भर्ना गरिएको छ।

content ad p2

वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक डा. अबुलहैस अंसारीका अनुसार गम्भीर बिरामीहरूमा रक्तचाप नपाइने, अत्यधिक झाडापखालाका कारण शरीरमा पानीको मात्रा खतरनाक स्तरमा घट्ने र मृगौलामा समस्या देखिने अवस्था बनेको छ।
“शरीरमा पानीको मात्रा कम भएर मृगौलामा असर परेको छ। बिरामीलाई बचाउन दुवै हातको नसाबाट सलाइन दिनुपरेको छ,” डा. अंसारीले जानकारी दिए। उनका अनुसार बिरामीहरूको मृगौलामा सिरम क्रेटिनिनको मात्रा लगातार बढिरहेको छ।

content left

गम्भीर अवस्थामा रहेका बिरामीमध्ये ९ जना वीरगञ्ज हेल्थ केयर अस्पतालमा, ८ जना तराई अस्पतालमा र बाँकी अन्य अस्पतालमा भर्ना भएका छन्।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले दिएको तथ्यांकअनुसार सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म ६२ जना नयाँ झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएका छन्।

शुक्रबार बेलुकीदेखि मंगलबार बिहानसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको संख्या ३९१ पुगेको छ। तीमध्ये १७१ जना उपचारपछि निको भई घर फर्किएका छन्।

बारा–पर्सा लगायतका जिल्लाबाट उपचारका लागि वीरगञ्ज आएका बिरामीमध्ये करिब ४४ प्रतिशत निको भई डिस्चार्ज भएका चिकित्सकहरूले बताएका छन्। उनका अनुसार बिरामी भर्ना हुने दर केही घटेको देखिए पनि संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily