Aadarsh-Daily

जिल्ला अदालत पर्सामा फरार अभियुक्त धरौटीमा रिहा भएर कर्मचारी बनेको खुलासा

ad-4p

पर्साको पकाहाँ मैनपुर गाउँपालिका वडा नं. २ का अनिलकुमार कुशवाहा, जो ज्यान मार्ने उद्योग मुद्दामा संलग्न भएको अभियोगमा फरार थिए, अदालतमा हाजिर भएर धरौटीमा रिहा भएका थिए। करिब एक महिना अघि पर्सा जिल्ला अदालतले उनलाई ७० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

content ad p2
content left

तर बुधबार उनले पुनः पर्सा जिल्ला अदालतकै लेखा शाखामा कर्मचारीको रूपमा हाजिर भएर काम सुरु गरेको खुलासा भएको छ। यस घटनाले न्यायिक प्रक्रियाको निष्पक्षता र पारदर्शितामा प्रश्न उठाएको छ।

वीरगन्जका एक अधिवक्ताले भने, “आरोप लागेका व्यक्तिलाई सोही कार्यालयमै जिम्मेवारी दिनु न त उचित हो, न त पारदर्शिता कायम हुने अवस्था छ। धरौटीमा छुट्नु दोषमुक्त हुनु होइन, केवल थुनामुक्त हुनु मात्र हो।” उनका अनुसार यस किसिमका संवेदनशील मामिलामा अदालत बढी सावधान हुनुपर्छ।

पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले भने कि कुशवाहा लेखा शाखामा कार्यरत भएकाले न्यायिक निर्णय प्रक्रियासँग प्रत्यक्ष सम्बन्ध नराख्ने भएकाले निगरानीमा राखिने जानकारी दिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily