Aadarsh-Daily

नायब सुब्बा पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाकाे व्यवस्था राख्ने सहमति

ad-4p

पश्चिमी सुडानको मार्रा पर्वत क्षेत्रमा ठूलो पहिरोमा परेर करिब एक हजार जनाको ज्यान गएको छ । सुडान लिबरेसन मुभमेन्ट/आर्मीले हिजो निकालेको वक्तव्यमा पहिरोमा परी गाउँ नै पूर्ण रूपमा ध्वस्त भएको र एक व्यक्ति मात्र जीवित भेटिएको खबर सीएनएनले लेखेको छ ।

content ad p2
content left

गएको तीन दिनदेखिको लगातारको वर्षापछि आएको पहिरोले गाउँ नै पुरिएको खबरमा भनिएको छ । संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय राहत संस्थाहरू समक्ष ज्यान गुमाउनेहरूको शव उद्धार गर्न तथा सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ ।

सुडानी सेनामाथि सङ्घर्षरत अर्धसैनिक द्रुत सहयोग बल आरएसएफसँगको लडाइँका कारण उत्तरी दर्फुर राज्यबाट विस्थापित भएका नागरिकहरु मार्रा पर्वत क्षेत्रमा शरण लिन पुगेका थिए । सुडानमा दुई वर्षदेखि चलिरहेको गृहयुद्धका कारण आधा जनसङ्ख्या खाद्य सङ्कटको चपेटामा परेको छ भने लाखौं नागरिक घरबारविहीन बनेका छन् ।

उत्तरी दर्फुर राज्यको राजधानी अल–फाशिर अहिले तीव्र युद्धको बीचमा रहेको रोयटर्सले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily