Aadarsh-Daily

नायब सुब्बा पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाकाे व्यवस्था राख्ने सहमति

ad-4p

पश्चिमी सुडानको मार्रा पर्वत क्षेत्रमा ठूलो पहिरोमा परेर करिब एक हजार जनाको ज्यान गएको छ । सुडान लिबरेसन मुभमेन्ट/आर्मीले हिजो निकालेको वक्तव्यमा पहिरोमा परी गाउँ नै पूर्ण रूपमा ध्वस्त भएको र एक व्यक्ति मात्र जीवित भेटिएको खबर सीएनएनले लेखेको छ ।

content ad p2
content left

गएको तीन दिनदेखिको लगातारको वर्षापछि आएको पहिरोले गाउँ नै पुरिएको खबरमा भनिएको छ । संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय राहत संस्थाहरू समक्ष ज्यान गुमाउनेहरूको शव उद्धार गर्न तथा सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ ।

सुडानी सेनामाथि सङ्घर्षरत अर्धसैनिक द्रुत सहयोग बल आरएसएफसँगको लडाइँका कारण उत्तरी दर्फुर राज्यबाट विस्थापित भएका नागरिकहरु मार्रा पर्वत क्षेत्रमा शरण लिन पुगेका थिए । सुडानमा दुई वर्षदेखि चलिरहेको गृहयुद्धका कारण आधा जनसङ्ख्या खाद्य सङ्कटको चपेटामा परेको छ भने लाखौं नागरिक घरबारविहीन बनेका छन् ।

उत्तरी दर्फुर राज्यको राजधानी अल–फाशिर अहिले तीव्र युद्धको बीचमा रहेको रोयटर्सले जनाएको छ ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily