Aadarsh-Daily

बारामा ५ किलो प्रतिबन्धित गाँजासहित एक युवक पक्राउ

ad-4p

बारामा प्रहरीले विशेष अभियान सञ्चालन गर्दै झण्डै ५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

content ad p2
content left

जितपुरसिमरा उपमहानगरपालिका–१, पूर्वटोलमा आज बिहान विशेष चेकजाँचका क्रममा गाँजा बरामद भएको हो। पक्राउ पर्नेमा जितपुरसिमरा–११, खेस्रोल निवासी २० वर्षीय मुना यादव रहेका छन्।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले साढे ७ बजे पथलैयाबाट जैतापुरतर्फ गइरहेको बीआर–०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा ट्याङ्की मुनि बनाइएको विशेष ‘फल्स बटम’ भित्र लुकाइ ल्याइएको अवस्थामा गाँजा फेला पारेको हो।

प्रहरी टोलीको नेतृत्व असई राजहरण यादवले गर्नुभएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङका अनुसार, बरामद गाँजासहित मुना यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily