Aadarsh-Daily

पर्साका पूर्व सीडीओ गणेश अर्याल चितवन सरुवा

ad-4p

हालै पर्साबाट गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याललाई गृहमन्त्रालयले चितवन पठाएको छ।

content ad p2
content left

गृहमन्त्रालयले बुधबार चितवनमा अर्याललाई र भोजपुरका सीडीओमा शिवलाल तिवारीलाई नियुक्त गरेको हो।

यसअघि भदौ ४ गतेको निर्णयअनुसार, अर्यालसहित २४ जिल्लाका सीडीओहरूको सरुवा गरिएको थियो। त्यतिबेला चितवनमा भने सीडीओ पद रिक्त राखिएको थियो।

रुपन्देहीबाट सरुवा भई २०८१ कार्तिक १२ गते पर्सा आएका अर्याललाई भदौ ४ गते मन्त्रालयमा फिर्ता बोलाइएको थियो। सोही सरुवाअनुसार पर्सामा पाल्पाका सीडीओ तोयनारायण सुवेदीलाई पठाइएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily