
पर्सा जिल्ला अदालतले खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

जिल्ला अदालत पर्साका न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार ५ हजार रुपैयाँ धरौटीमा साहलाई रिहा गर्ने आदेश दिएको हो। पाँच दिनदेखि हिरासतमा रहेकी साह धरौटी बुझाएपछि जेलमुक्त हुनेछन्।
साहविरुद्ध प्रहरीले विद्युतीय कारोबार सम्बन्धी अपराध, सङ्घीय सांसदलाई ज्यान मार्ने धम्की दिने तथा झुटा अफवाह फैलाउने गरी तीन वटा मुद्दा दर्ता गरेको थियो।
मन्त्री यादवसँगको विवादपछि साहलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो। यसअघि मन्त्री यादवले नै आफ्नो सचिवालयमार्फत साहलाई थुनामुक्त गर्न आग्रह गरेका थिए।

