Aadarsh-Daily

अफगानिस्तानमा पछिल्लो ६ दिनभित्र तेस्रो ठूलो भूकम्प

ad-4p
content left

अफगानिस्तानको दक्षिण–पूर्वी दुर्गम क्षेत्रमा गएराति ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । यो पछिल्ला छ दिनभित्र तेस्रो ठूलो भूकम्प हो । भूकम्पपछि नङ्गरहार र कुनार प्रान्तका स्थानीयहरू त्रसित हुँदै आश्रयस्थल छाडेर निस्किएका थिए ।

गएरातिको भूकम्पमा ज्यान गुमाउने वा घाइतेबारे यकिन विवरण सार्वजनिक नभए पनि कुनार प्रान्तीय अस्पतालमा १७ जना घाइतेलाई उपचारका लागि लगिएको खबरमा उल्लेख छ । यसअघि गएको आइतवार ६ म्याग्निच्युडको भूकम्पबाट दुई हजार दुई सय जनाको ज्यान गएको र तीन हजार छ सय जना घाइते भएका तालिबान सरकारलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

दुर्गम भौगोलिक अवस्थाका कारण उद्धारको काम अझै पनि चुनौतीपूर्ण बनेको छ । गएको मङ्गलवार ५.५ म्याग्निच्युडको अर्को भूकम्पले अस्थायी रूपमा उद्धार कार्य अवरुद्ध बनाएको थियो । लगातार पराकम्पनहरू आइरहेका कारण जनजीवन त्रसित बनेकोे छ । अफगानिस्तान भारतीय र युरेसियन प्लेटहरू भएको क्षेत्रमा रहेको हुँदा भूकम्पीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ ।

content ad p2

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily