Aadarsh-Daily

आन्दोलनमा टेलिकम कार्यालयमा तीन करोडको क्षति

ad-4p

भदौ २४ गतेको आन्दोलनका क्रममा वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम कार्यालय तोडफोड र आगजनीको पहिलो निशाना बनेको छ ।

content ad p2
content left

नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहका अनुसार अराजक समूहले कम्प्युटर, प्रिन्टरलगायतका उपकरणमा क्षति पु¥याउँदै करिब रु तीन करोड बराबरको नोक्सानी गरेको छ । उनले भने, “प्रदर्शनकारीले दुवै टेलिकम कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट महसुल काउन्टरमा ठूलो क्षति भएको छ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको तोडफोड तथा क्षतिको पारदर्शी मुचुल्का तयार गर्न निर्देशन दिएका छन् । उनका अनुसार मुचुल्का तयार पार्दा श्रव्य–दृश्य प्रमाणसहित यथार्थपरक विवरण राख्नुपर्नेछ ।

आन्दोलनका क्रममा वीरगन्ज महानगर र आन्तरिक राजस्व कार्यालयसहित अन्य सरकारी निकायमा पनि ठूलो क्षति भएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily