Aadarsh-Daily

जेल तोडफोडपछि भागेका सयौँ कैदी पक्राउ, अझै खोजतलास जारी

ad-4p

बुटवल । जेनजी आन्दोलनको अव्यवस्थालाई अवसर बनाएर कपिलवस्तु कारागार तोडी भागेका कैदीबन्दीहरूलाई प्रहरीले धरपकड अभियान चलाएर एकै हप्तामा २११ जनालाई नियन्त्रणमा लिएको छ। तर अझै कैदीहरू फरार रहेका कारण सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ।

content ad p2
content left

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले रातोपाटीसँग कुरा गर्दै कारागारबाट भागेका मध्ये ठूलो संख्यामा पक्राउ परे पनि अझै फरार कैदीबन्दीलाई खोजी अभियान जारी रहेको बताए। उनका अनुसार अन्य कारागार तोडफोड गरी भागेका २० जनासमेत पक्राउ परिसकेका छन्।

गत बुधबारको आन्दोलनकै बीच कैदीबन्दीहरूले कारागार भत्काएर सामूहिक रूपमा भागेका थिए। राज्यको संवेदनशील अंगलाई नै चुनौती दिनेगरी भएको घटनाले सरकारको सुरक्षा तयारी र नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

स्थानीयवासीले अझै पनि फरार कैदीहरूको गतिविधिले समाजमा असुरक्षा बढाएको भन्दै प्रहरीलाई तत्काल खोजतलास र नियन्त्रणलाई प्रभावकारी बनाउन दवाव दिएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily