Aadarsh-Daily

वीरगंजको हरपतगंज सडकका ९० प्रतिशत काम सम्पन्न, घर टहरा नहट्दा बाकि कार्य गर्न कठिनाई

ad-4p

वीरगंज महानगर क्षेत्रभित्रका सडक स्थानीयको अवरोध र सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बीरगंजको उदासीनताका कारण निर्माण हुन सकिरहेको छैन ।

content ad p2

वीरगंज महानगरपालिका वडा नम्बर २० मा पर्ने हरपतगञ्ज, अपौनी, उदयपुर घुर्मी, सौराहा लगायतका टोल जोड्ने सडकको निर्माण कार्या करिब ९० प्रतिशत सम्पन्न भएको छ । कम्पनी स्वच्छन्द पप्पु युनाइटेड जेभी ले निर्माण गरिरहेको उक्त सडकको काम ९० प्रतिशत सम्पन्न गरिसकेको कम्पनीका प्रतिनिधि प्रभु साहले बताउनुभयो । निर्माण कम्पनीका प्रवक्ता प्रभुसाहले निर्माण कम्पनि माथि लगाईएको कपोलकल्पित आरोप प्रति ध्यानाकर्षण भएको बताउनुभाएको छ ।

हरपगंजको ५ किलो मिटर सडकको निर्माण कार्य सम्पन भई कालोपत्रे भईसकेको छ । निर्माण गर्नुपर्ने बाकि सडकको ३० फीट मा पर्ने घर टहरा हटाउन पत्राचार गर्दा पानि कार्यालय र वार्ड ले नहाटेको र सडक निर्माण अवरोध भएको, सडकको बीचमा ५३६ विद्युतीय पोल भएको र कति ठाउँमा स्थानीयबासीले समेत अदालतमा मुद्दा दिएर अन्तरिम आदेश लिएर बसेको हुदा निर्माण गर्नमा कठिनाई भएको प्रतिनिधि प्रभु साहको भनाई छ ।

साईट किलीयर नहुदासम्म सडक निर्माण गर्न सम्भव नरहेको हुदा नेपाल खरिद एनको दफा ६ को उपदफा ३ अनुसार निर्माणको ठेक्का लगाएको सघन सहरी तथा भवन निर्माण कार्यालय वीरगंजले सत प्रतिशत साईट किलियर गर्नु पर्ने साहले बताउनुभयो । कुनै पनि सार्वजनिक निकायबाट बोलपत्र आह्वान हुनुपुर्व आवश्यक पुर्वशर्तहरु पुरा भई बोलपत्र आह्वान भएको भन्ने बिषयमा विवाद नरहने अवस्था राखि ठेक्का सम्झौतामा उल्लेखित समयावधीमा निर्माण स्थल उपलब्ध गराउने बिषयमा आयोजना बाट निर्माणस्थल उपलब्ध गराउन सकेको अवस्था छैन ।

बजेट अभावको कारण बिलको भुक्तानी सघन शहरी वीरगंज सडक निर्माणको काम अघि बढेन

वीरगंज महानगर क्षेत्रभित्रका सडक बजेट अभाव र सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बीरगंजको उदासीनताका कारण निर्माण हुन सकिरहेको छैन । निर्माण कम्पनि स्वच्छन्द – पप्पु – युनाइटेड बिल्डर्स संयुक्त उपक्रम ले सघन शहरी तथा भवन निर्माण आयोजना, पर्सा, वीरगंज २०७५ साल असार ९ गते वीरगंज महानगरपालिकाको १७ वटा सडक निर्माण गर्ने जिम्मा लिएको थियो । २ वर्ष अगाडी बिल पेस गारी हालसम्म करिब १७ करोडका बराबरको बिल पेश गरेकोमा बजेट अभावको कारण देखाई उक्त बिल कार्यालयले हाल सम्म बिल भुक्तानी गर्न सकेको छैन ।

अदालतमा मुद्दा दिएर अन्तरिम आदेश

content left

स्थानीय अवरोध र शान्ति सुरक्षा मांग

३० फीट खाली गर्न पत्र

बिधुत पोल हटाउने

वार्डको थप कार्य गर्न पत्र

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily