Aadarsh-Daily

दशैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

ad-4p

आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रा लगायतका पशु चौपायाको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरु मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफैँमा खराब नभएपनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरुको भनाइ छ ।

content ad p2
content left

खानपिनमा ध्यान नदिँदा दशैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने,कब्जियत हुने,युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि हुने चितवनको पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा हुने गरेको छ ।

बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान उहाँको सुझाव छ । उहाँका अनुसार मासु पोलेर र तारेर खाँदा बढी असर गर्छ । मासु खाएपछि सागसब्जी, गेडागुडी, फलफुल पनि पर्याप्त खानुपर्छ । शाकाहारीले पनि धेरै मिठाइ, पनिरजस्ता वस्तु खान नहुने उहाँले बताउनुभयो । यस्तै कम्तीमा चार घण्टाको फरकमा मात्रै  खानेकुरा खान चिकित्सकहरुको सुझाव छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily