Aadarsh-Daily

तराई मधेसमा आज रावण बध उत्सव मनाईदै

ad-4p

मधेशको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव मनाइँदैछ।

content ad p2

महोत्तरीको मटिहानीमा विशेषगरी यो परम्परा दीर्घकालदेखि चलिआएको छ। मिथिलावासीका ज्वाइँका रूपमा मानिने भगवान् श्रीरामले असुर रावणको वध गर्नुभएको स्मरणमा विजयादशमीकै दिन प्रतिकात्मक रूपमा यो उत्सव आयोजना गरिन्छ।

content left

परम्पराअनुसार बेलुकी रावणको दश टाउको भएको प्रतिमालाई श्रीरामले प्रहार गरेको तीरले शिरच्छेद गरिएको दृश्य प्रस्तुत गरिन्छ। त्यसपछि जनसमुदायले विजय उत्सवका रूपमा रमाइलो गर्ने गर्छन्।

मटिहानीमा वध गरिएको रावणको प्रतिमा भोलिपल्ट बाजागाजासहित जलाशयमा पु¥याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा पनि रहिआएको छ।

धार्मिक–सांस्कृतिक महत्व बोकेको यो उत्सव देवी विसर्जनसँगै मिथिलामा विजयादशमीको विशेष आकर्षणका रूपमा मनाइन्छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily