Aadarsh-Daily

महोत्तरीमा बस दुर्घटना, दुई जनाको मृत्यु

ad-4p

महोत्तरीमा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

content ad p2
content left

घारीबथानबाट खैरमारा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बस खैयरमारा स्कुल अगाडि पैदलयात्रुलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर स्थानीय बासिन्दा चुल्हाइ चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने बसका यात्रु सर्लाहीको इश्वरपुरका १२ वर्षीय प्रविण खड्काको उपचारका क्रममा मृत्यु भएको हो।

बसमा रहेका करिब २० भन्दा बढी यात्रु घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily