Aadarsh-Daily

प्राकृतिक विपद्मा परेर अहिलेसम्म ४० जनाको मृत्यु 

ad-4p

पछिल्ला दुई दिनयता देशभर विभिन्न विपद्का घटनामा परी ४० जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

content ad p2

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी, पहिरो, चट्याङ र सवारी दुर्घटनाका घटनामा १३ जना घाइते र ११ जना बेपत्ता भएका छन्।

content left

बाढी–पहिरोका कारण मात्रै इलाममा सबैभन्दा धेरै २८ जनाको ज्यान गएको छ। इलामको सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ६, देउमाई नगरपालिकामा २, फाकफोकथुम गाउँपालिकामा १, माङ्सेबुङ गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, उदयपुरमा २, रौतहटमा ३, रसुवामा ४ र काठमाडौँमा १ जनाको मृत्यु भएको छ।

चट्याङका घटनामा खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा आठ जना घाइते भएका छन् भने पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।

सशस्त्र प्रहरीका अनुसार देशका विभिन्न स्थानमा उद्धार तथा खोजी कार्य जारी छ। बाढी–पहिरो प्रभावित क्षेत्रका स्थानीयबासीलाई सुरक्षित स्थानमा सर्ने र सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily