Aadarsh-Daily

जेनजी आन्दोलनका बेला गोली चलाउन आदेश दिएको होइनः पूर्व गृहमन्त्री रमेश लेखक

ad-4p

निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखक ले गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायलाई गोली चलाउन आदेश नदिएको स्पष्ट गर्नुभएको छ।

content ad p2

शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफू दुवैले आन्दोलनका क्रममा बल प्रयोगको आदेश नदिएको बताउनुभयो।

content left

“दुःखद घटना भएपछि मैले तत्कालै गृह मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएको थिएँ,” लेखकले भन्नुभयो, “तर आन्दोलनका क्रममा गोली प्रहारको आदेश प्रधानमन्त्रीज्यू र मेरो तर्फबाट कुनै पनि रूपमा भएको छैन।”

पूर्वमन्त्री लेखकले घटनामा घुसपैठका कारण अप्रत्याशित स्थिति उत्पन्न भएको उल्लेख गर्दै भने, “जेनजीहरूले राम्रा मागसहित आन्दोलन थालेका थिए, तर बीचमा घुसपैठ हुँदा नहुनुपर्ने घटना भयो।”

उहाँले मुलुकलाई संविधान र कानुनको शासनअनुसार चलाउनुपर्ने, र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा सबैको साझा दायित्व रहेको बताउनुभयो।
लेखकले थप्नुभयो, “जेनजीका मागलाई संवाद, सहकार्य र सहमतिको माध्यमबाट सम्बोधन गर्दै देशलाई स्थायित्व र शान्तितर्फ लैजानुपर्छ।”

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily