Aadarsh-Daily

मधेश प्रदेश सभामा असोज २८ गते बैठक, मुख्यमन्त्री सिंहले विश्वासको मत लिने

ad-4p

मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले असोज २८ गतेका लागि प्रदेश सभाको बैठक बोलाएका छन्। बैठक बिहान ११ बजे बस्ने सचिवालयले जानकारी दिएको छ।

content ad p2
content left

अल्पमतमा रहेका मुख्यमन्त्री सतिश सिंहले सोही दिन विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री सिंहले अहिलेसम्म राजीनामा नदिए पनि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले अर्को सरकार गठनका लागि आवश्यक ५८ जना प्रदेशसभा सदस्यको नाम प्रदेश प्रमुखलाई बुझाइसकेका छन्। प्रदेश सरकार गठन गर्न ५४ सांसदको समर्थन चाहिन्छ।

सिंह जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए। जेनजी आन्दोलनपछि पार्टीले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो। उनले फेसबुकमार्फत राजीनामा घोषणा गरे पनि पछि त्यसलाई मान्य नहुने दाबी गर्दै मुख्यमन्त्री पदमा कायम रहेका छन्।

यसपछि कांग्रेस र एमालेसँग मिलेर जनमत पार्टीले मुख्यमन्त्रीविरुद्ध नयाँ सरकार गठनको तयारी गरिरहेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily