Aadarsh-Daily

आजदेखि यमपञ्चक सुरु, आजै धनतेरस र यमदीपदान

ad-4p

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म यो पर्व मनाइन्छ।

content ad p2

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले यस वर्षको तिहार पर्व आजदेखि सुरु भएको हो।

दिउँसोपछि त्रयोदशी तिथि पर्ने भएकाले आजै धनतेरस (धनत्रयोदशी) मनाइँदै छ। समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यमदीपदान पनि आजैदेखि सुरु हुनेछ।

content left

भोलि (आइतबार) काग तिहार र धनवन्तरी जयन्ती मनाइने छन्। तिथिको घटबढका कारण पर्सि सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन पर्ने भएको समितिले जनाएको छ।

कात्तिक ३ गते दिउँसो २ बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यही दिन (सोमबार) पर्ने छ।

कात्तिक ४ गते मंगलबार यमपञ्चकको मध्य दिन भए पनि शास्त्रीय रूपमा विशेष पूजाआजा नपर्ने जनाइएको छ। त्यसपछि कात्तिक ५ गते बुधबार गाई, गोरु र गोवर्द्धन पूजा, साथै आत्म पूजा र नेपाल संवत् प्रारम्भ हुनेछन्।

पर्वको अन्तिम दिन कात्तिक ६ गते बिहीबार भाइटीका पर्छ। भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ।

यसै दिन नेवारी समुदायले किजापूजा गर्ने परम्परा पनि रहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily