Aadarsh-Daily

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती : नेपाली साहित्यका उज्यालो शिखा

ad-4p

नेपाली साहित्यका विराट प्रतिभा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज देशभर र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।

content ad p2

केवल दस वर्षको उमेरमै कविता लेख्न प्रारम्भ गर्नुभएका देवकोटाले आफ्नो असाधारण लेखन क्षमता र गहिरो संवेदनशीलताका माध्यमबाट नेपाली साहित्यलाई नूतन दिशा दिनुभयो। उहाँका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, गीत, उपन्यास र समालोचनासहित एक सयभन्दा बढी कृतिहरू प्रकाशित छन्। यी कृतिहरूमार्फत उहाँले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुभएको छ।

content left

आधुनिक नेपाली महाकाव्य लेखनका प्रवर्तक देवकोटाको ‘मुनामदन’ नेपाली भाषामा सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ। त्यसका अतिरिक्त ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’ लगायतका काव्यकृतिहरूले उहाँलाई “आँसु कवि” का रूपमा चिनाएका छन्।

उहाँले २०१६ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्रीका रूपमा कार्यरत रहँदा नेपालभर नेपाली भाषा अनिवार्य विषयका रूपमा लागू गराउनुभएको थियो। तीन महिनामा ‘शाकुन्तल’, दश दिनमै ‘सुलोचना’ र एकै दिनमा ‘कुञ्जिनी’ लेख्ने अद्भुत क्षमताका कारण देवकोटा नेपाली साहित्यमा अनुपम प्रतिभा मानिन्छन्।

साहित्यका माध्यमबाट मानवता, करुणा र सौन्दर्यको गहिरो दर्शन प्रस्फुटन गराएका महाकवि देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो। उहाँका रचना र विचार आज पनि नेपाली साहित्य र सांस्कृतिक चेतनाको प्रेरणास्रोत बनेर जिउँदै छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily