Aadarsh-Daily

बारामा मोटरसाइकल दुर्घटना : दुई युवाको मृत्यु

ad-4p

बारामा आज बिहान करिब २ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

content ad p2

पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित डुङ्ग्रे पुलको रेलिङमा ठोक्किँदा घटनास्थलमै गम्भीर घाइते भएका दुबै जनाको मृत्यु भएको हो।

content left

इलाका प्रहरी कार्यालय सिमराका अनुसार घाइतेहरूलाई उपचारका लागि परवानीपुरस्थित एल.एस. न्युरो अस्पताल लगिएकोमा चिकित्सकले दुबैलाई मृत घोषणा गरेका हुन्।

मृतकमा मोटरसाइकल चालक साजन तमाङ (२० वर्ष), जीतपुरसिमरा–१५ नयाँ बस्ती निवासी र किरण मोक्तान (२२ वर्ष), सोही उपमहानगरपालिका–१४ खयरघारी टोल निवासी रहेका छन्।

प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार दुबै जनाको शव परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily