Aadarsh-Daily

गरुडा बजारमा भीषण आगलागी, कपडा पसलमा ४० लाख बराबरको क्षति

ad-4p

रौतहटको मध्यभागस्थित गरुडा नगरपालिका–८ बिर्ता बजारमा रहेको शुभ लक्ष्मी महिमा वस्त्रालयमा गएराति भीषण आगलागी भएको छ।

content ad p2

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार राति करिब ९ बजेर ५० मिनेट जाँदा केदारनाथ साहको पक्की घरमा बिगन साहले सञ्चालन गर्दै आएको कपडा पसलमा आगो लागेको थियो।

content left

आगलागीको सूचना पाएपछि प्रहरी चौकी बिर्ताका प्रहरी हवल्दार राजु साहको कमान्डमा गएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा करिब साढे १० बजे आगो नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले जानकारी दिए।

प्रहरीका अनुसार आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारका कपडा र काठका र्याक जलेर ठूलो क्षति भएको छ। तर, मानवीय क्षति भने भएको छैन।

स्थानीयका अनुसार आगलागी विद्युत सर्टसर्किटका कारण भएको अनुमान गरिएको छ। प्रारम्भिक मूल्यांकनअनुसार ३० देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ भने विस्तृत विवरण सङ्कलनको कार्य जारी छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily