Aadarsh-Daily

आज गाई, गोरु र गोवर्धन पूजा गरी हली तिहार मनाइँदै

ad-4p

यमपञ्चक अर्थात् तिहार पर्वअन्तर्गत आज देशभर गाई, गोरु र गोवर्धन पूजा गरी मनाइँदैछ। वैदिक सनातन परम्परा अनुसार गाईलाई पवित्र मानी पूजा गर्ने चलन प्राचीन कालदेखि प्रचलित छ।

content ad p2

गाईले दिने दूध आमाको दूधजत्तिकै पौष्टिक हुने धार्मिक मान्यता रहँदै आएको छ। त्यसैले गाईलाई ‘गौमाता’को रूपमा सम्मान गरिन्छ। वैज्ञानिक दृष्टिले पनि स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा संकलन गरी दूध, गहुँत र गोबरमार्फत मानिसमा शक्ति पुर्‍याउने प्रमाण भेटिएको बताइन्छ।

आजको दिन गाईलाई पूजा गरी मीठा परिकार खान दिने चलन छ। धार्मिक विश्वासअनुसार यसरी गाईलाई प्रसन्न पार्दा वर्षभर शुद्धता र समृद्धि प्राप्त हुने मानिन्छ।

content left

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिहार अन्तर्गत हिजो कुनै कर्म नपरे पनि कतिपयले हिजो नै गाईको पूजा गरेका छन्। आज गोरु, हलो र किसानको पनि पूजा गरिन्छ। आँगन लिपपोत गरी गाईको गोबरको सानो पर्वत बनाएर त्यसलाई ‘गोवर्धन पर्वत’ मानी पूजा गर्ने प्रथा रहिआएको छ।

कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्वमा वर्षभर खेतीपातीका लागि गोरु जोत्ने हली र किसानको पनि सम्मान गरिन्छ। यस कारण आजको दिनलाई ‘हली तिहार’ पनि भनिन्छ।

यसअघि अस्ति लक्ष्मीपूजा गरी धन, ऐश्वर्य र सम्पन्नताको आराधना गरिएको थियो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथिको घटबढका कारण यो वर्ष तिहार पाँच दिन होइन, छ दिन लामो भएको छ। कात्तिक कृष्ण त्रयोदशीका दिन सुरु भएको तिहार कात्तिक १ गते शनिबारदेखि प्रारम्भ भएको हो।

भोलि तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ। समितिका अनुसार भोलि बिहान ११ बजेर ३९ मिनेटमा टीकाको उत्तम साइत रहेको छ, तर दिनभर टीका लगाउन सकिनेछ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily