Aadarsh-Daily

बजेट अभावका कारण संयुक्त राष्ट्रसङ्घले शान्ति सैनिकमा २५ प्रतिशत कटौती गर्ने

ad-4p

संयुक्त राष्ट्रसङ्घ (यूएन) ले बजेट अभावका कारण विश्वभरका द्वन्द्वरत देशमा तैनाथ शान्ति सैनिकको सङ्ख्या २५ प्रतिशतसम्म घटाउने तयारी गरेको छ। उक्त निर्णयले नेपालले पठाउँदै आएको शान्ति सैनिकको सङ्ख्यामा पनि असर पर्ने भएको छ।

content ad p2

नेपाली सेनाका युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाका अनुसार संयुक्त राष्ट्रसङ्घले सेनाको संख्यामा कटौती गर्ने सम्भावनाबारे औपचारिक जानकारी प्राप्त भइसकेको छ। उनले भने, “राष्ट्रसङ्घले फौजको सङ्ख्या घटाउँदा समानुपातिक सन्तुलन कायम गर्ने योजना बनाएको छ, त्यसैले सबै देशलाई समान रूपले असर गर्नेछ।”

content left

हाल विश्वका १० वटा यूएन मिसनमा पाँच हजार आठ सय १९ जना नेपाली शान्ति सैनिक खटिएका छन्। यो सङ्ख्या अनुसार नेपाल यूएन शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने मुलुकहरूमध्ये एक हो।

राष्ट्रसङ्घमार्फत हाल १ सय २० भन्दा बढी देशका १ लाख २० हजारभन्दा बढी शान्ति सैनिक १४ वटा मिसनमा कार्यरत छन्। यूएनको बजेट संकटका कारण केही मिसनहरू बन्द वा संकुचित हुने सम्भावना पनि बढेको छ।

सेनाले भने नेपालले यूएन मिसनमा पेशेवरिता, अनुशासन र उत्कृष्ट कार्यसम्पादनका कारण आफ्नो अग्रणी स्थान जोगाइरहने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily