Aadarsh-Daily

वीरगञ्जमा करिब २ किलो गाँजासहित ७४ वर्षीय पुरुष पक्राउ

ad-4p

पर्सा — वीरगञ्ज महानगरपालिका–१७, अलौ पोस्ट नजिक करिब दुई किलो गाँजासहित एक जना वृद्ध पक्राउ परेका छन्।

content ad p2
content left

सशस्त्र प्रहरी निरीक्षक सुरज कुमार कार्कीको कमाण्डमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा नेपालबाट भारततर्फ साइकलबाट जाँदै गरेका वीरगञ्ज–२६ अठराहा निवासी ७४ वर्षीय इस्लाम अन्सारीलाई पक्राउ गरेको हो।

जाँचका क्रममा अन्सारीले बोकेको झोलाभित्र १.९८५ किलोग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्सारीलाई साइकलबासहित नियन्त्रणमा लिएर प्रस्तावित सीमा सुरक्षा गुल्म अलौमा ल्याइएपछि, बरामद गाँजा र साइकला सहित थप कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily