
संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा परिचालित सैनिकको कोटा कम्तीमा २५ प्रतिशत घटाउने योजना बनाएको छ। तर यसबापत पनि नेपाली सेना सबैभन्दा बढी योगदान दिने शीर्ष राष्ट्रको सूचीमा रहनेछ।

नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक तथा उपरथी अनुपजङ्ग थापाले केही दिनअघि जंगी अड्डामा पत्रकार सम्मेलनमा जानकारी दिँदै भने —ब“कोटा घट्दा प्रत्यक्ष–अप्रत्यक्ष असर पर्छ। तर सबैभन्दा बढी खटिने सैनिकमा नेपाली सेना नै प्रथम हुनेछ।”
हाल १० वटा शान्ति मिसनमा नेपाली सेनाका ५३८ महिला सैनिकसहित ५ हजार ८२० सैनिक परिचालित छन्। यस क्रममा अहिलेसम्म ७४ सैनिकको मृत्यु भइसकेको छ भने ७५ जना घाइते भएका छन्।
विशेष कुरा के छ भने नेपाली सेना शान्ति स्थापना कार्यमा सैनिक खटाउने राष्ट्रहरूमध्ये पहिलो स्थानमा रहेको छ। महिला सैनिकको सहभागितामा पनि नेपाली सेना अग्रणी रहेको तथ्यांकले देखाउँछ। अर्थात् कोटा घटे पनि नेपाली सेनाको भूमिका अन्तर्राष्ट्रिय शान्ति मिसनमा निर्णायक रहनेछ।

