Aadarsh-Daily

मानव अधिकार आयोगद्वारा व्यवसायी दुर्गा प्रसाईंसँग छलफल

ad-4p

आगामी मंसिर ७ गते देशव्यापी आन्दोलनको तयारी गरिरहेका व्यवसायी दुर्गा प्रसाईंलाई मानव अधिकार आयोगले बुधबार बोलाएर छलफल गरेको छ। आयोगले चैत १५ र भदौ २३/२४ मा भएका हिंसात्मक आन्दोलनको सन्दर्भमा यसपटक पनि त्यस्तो घटना नदोहरियोस् भन्ने उद्देश्य राखेको बताइएको छ।

content ad p2

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार, बुधबार बिहान साढे ११ बजे सुरु भएको छलफल झण्डै एक घण्टा चलेको थियो। छलफलमा आयोगका अध्यक्ष तप बहादुर मगर, सचिव मुरारी प्रसाद खरेल लगायत पदाधिकारीहरू सहभागी थिए।

content left

प्रसाईंले आयोगलाई आफ्नो समूहले आह्वान गर्ने आन्दोलन हिंसात्मक नहुने प्रतिबद्धता व्यक्त गरेको बताएका छन्। उनले आगामी आन्दोलन व्यवस्थापिका परिवर्तनका लागि हुने र सुरक्षाकर्मी तथा निजामती कर्मचारीलाई घरमै बस्न आग्रह गरिएको बताए।

यसैबीच, प्रसाईंले आयोगले आफूले उठाएका केही मागमा ऐक्यबद्धता जनाएको दाबी गरे पनि आयोगका प्रवक्ता पोखरेलले त्यस्तो कुरा नभएको स्पष्ट पार्दै भने, “आयोगले कुनै पनि मागमा समर्थन वा ऐक्यबद्धता जनाउने काम गर्दैन, हाम्रो उद्देश्य भनेको आन्दोलन हिंसात्मक नहोस् भन्ने हो।”

आयोगले प्रसाईंसँगको छलफलपछि सुरक्षा निकायसँग विस्तृत छलफल गर्ने तयारी गरेको पनि प्रवक्ता पोखरेलले जानकारी दिएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily