Aadarsh-Daily

तीन महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७० करोडका सवारीसाधन आयात

ad-4p

वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका सवारीसाधन भित्रिएका छन्।

content ad p2

वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा गाडी आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा छ अर्ब १९ करोड मूल्यका गाडी आयात भएका थिए भने राजस्व पाँच अर्ब ९५ करोड रुपैयाँ मात्र उठेको थियो।

content left

भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार, यस वर्ष गाडीको आयात र राजस्व दुवैमा वृद्धि भएको छ।

पहिलो तीन महिनामा मात्रै तीन अर्ब ४१ करोड रुपैयाँ मूल्यका २४ हजार ९३९ मोटरसाइकल आयात भएका छन्।
त्यस्तै ६८ करोड रुपैयाँ मूल्यका २२९ वटा विद्युतीय जीप, कार र भ्यान भित्रिएका छन्।

यी विद्युतीय सवारीसाधनबाट मात्रै ४५ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily