Aadarsh-Daily

खनालले एमालेसँग एकताका लागि चार सर्त अघि सार्दै, वार्ताको ढोका खुला राखे

ad-4p

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले एमालेसँग पार्टी एकता वा सहकार्यका लागि चार सर्त अघि सारेका छन्।

content ad p2
content left

खनालले स्पष्ट पार्दै भनेका छन्, “पार्टीप्रति माया–ममता अझै छ, तर पार्टीभित्र देखिएका वैचारिक, राजनीतिक र सङ्गठनात्मक गलत प्रवृत्तिहरू सुधारिनुपर्छ। यदि ती सुधार हुन्छन् र एकताबद्ध भएर अघि बढ्ने इच्छा देखाइन्छ भने वार्ताको ढोका खुला छ।”

उनका अनुसार एकताको लागि चार आधारभूत सर्त छन्। पहिलो, मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गर्नु। दोस्रो, पुँजीवादी–जनवादी क्रान्ति पूरा भइसकेको स्वीकार गर्दै समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्ने प्रतिबद्धता। तेस्रो, नेपाली विशेषताको समाजवादी क्रान्ति कार्यक्रमलाई मान्यता दिने। र चौथो, समाजवादी लक्ष्य हासिल गर्न आवश्यक सही वैचारिक–राजनीतिक मार्ग अपनाउँदै देशी–विदेशी प्रतिक्रियावादविरुद्ध सङ्घर्ष गर्ने सङ्कल्प जनाउने।

खनालले बताएअनुसार, यी चार विषयमा सहमति बनेपछि वार्ता तुरुन्त सुरु गर्न सकिनेछ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily