Aadarsh-Daily

सरकार फागुन २१ को निर्वाचन समयमा सम्पन्न गराउने प्रतिबद्ध छ : मन्त्री गौतम

ad-4p

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले फागुन २१ मा हुने निर्वाचन समयमा सम्पन्न गराउन प्रतिवद्ध रहेको बताउनुभएको छ।

content ad p2
content left

सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गौतमले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन आवश्यक वातावरण सिर्जना गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो।

उहाँले वर्तमान सरकारले जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको उल्लेख गर्दै आधारभूत अस्पताल र स्वास्थ्य चौकीमा निःशुल्क औषधि वितरण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय सरकारलाई सचेत गराउनुभयो।

मन्त्री गौतमले संघीय सरकारले स्थानीय सरकारलाई जनतामा गुनासो नआउने गरी आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन ससर्त अनुदानको व्यवस्था गरेको पनि जानकारी दिनुभयो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily