Aadarsh-Daily

भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो

ad-4p

भारतको राजधानी नयाँ दिल्लीमा रहेको लाल किल्ला रेल स्टेसन नजिकै हिजो बेलुकी भएको विस्फोटमा परी कम्तीमा आठ जनाको ज्यान गएको छ । घटनामा अरू सात जना घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

content ad p2
content left

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा पुर्‍याउँदा आठ जनाको ज्यान गइसकेको र अरू सात जनाको उपचार भइरहेको जानकारी दिनुभएको छ ।

दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित साहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily