Aadarsh-Daily

मधेशमा विवादास्पद सरकार नियुक्तिविरुद्ध जनमत पार्टीको वीरगञ्जमा विरोध प्रदर्शन

ad-4p

मधेश प्रदेशमा प्रदेश प्रमुखद्वारा गरिएको विवादास्पद कदम र नव–नियुक्त मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिविरुद्ध जनमत पार्टी पर्साले वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ।

content ad p2

मंगलबार बिहान वीरगञ्ज घन्टाघर क्षेत्रमा आयोजित विरोधसभामा पार्टीका नेता–कार्यकर्ताले संविधानको रक्षा र संघीयताको सम्मानको माग गर्दै “संविधानको रक्षा गर”, “संघीयताको सम्मान गर”, “असंवैधानिक सरकार खारेज गर” जस्ता नाराबाजी गरेका थिए।

content left

जनमत पार्टीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान विपरीत ‘जंगली क्षेत्र’मा तथाकथित मुख्यमन्त्री नियुक्ति गरेको भन्दै तीव्र आपत्ति जनाएको छ। पार्टी नेताहरूले उक्त कदमलाई संघीयता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको ठाडो प्रहार भनेका छन्।

कार्यक्रममा वक्ताहरूले “संविधान र संघीयताको मर्ममाथि आघात पुर्‍याउने जो कोही पनि दण्डित हुनुपर्छ” भन्दै असंवैधानिक रूपमा गठन गरिएको सरकार तत्काल खारेज गर्न माग गरे।

विरोधसभामा जनमत पार्टीका प्रदेश र जिल्ला तहका नेता, युवा, विद्यार्थी तथा महिला संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले लोकतान्त्रिक अभ्यास पुनर्स्थापनाका लागि राजनीतिक र कानुनी दुवै आन्दोलन अघि बढाउने चेतावनी दिएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily