Aadarsh-Daily

मधेस प्रदेशमा सुरक्षा सुदृढीकरण: संवेदनशील क्षेत्रमा गस्ती र तैनाथी बलियो बनाइने

ad-4p

मधेस प्रदेशमा शान्ति–सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा बलको तैनाथी र गस्ती व्यवस्था सुदृढ गरिने भएको छ।

content ad p2

शनिबार जनकपुरधाममा मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो।

content left

बैठकमा प्रदेशको समग्र सुरक्षा, पछिल्ला चुनौती, सम्भावित जोखिम, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी चाडपर्वको तयारीबारे विस्तृत छलफल भएको थियो।

बैठकमा प्रदेश प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, स्थानीय प्रशासनका प्रमुख अधिकारी र अन्य सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले सुरक्षा चुनौती र आवश्यक सुधारबारे आ–आफ्नो मूल्यांकन प्रस्तुत गरेका थिए।

मुख्यमन्त्री यादवले सुरक्षा कमजोरी रोक्न पूर्वसावधानी, गस्ती, तैनाथी र अनुगमन सुदृढ बनाउन निर्देशन दिएका छन्।

यस बैठकलाई प्रदेशभरि सुरक्षा व्यवस्थालाई अझ मजबुत र समन्वित बनाउन उठाइएको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily