
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गर्दै अहिले साइट रिकभर गर्ने काम भइरहेको जानकारी दिए।

उनका अनुसार विभागका डाटाहरू सुरक्षित रहेको प्रारम्भिक बुझाइ छ। सोमबार वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिएको थियो, यद्यपि अहिले त्यो सामग्री हटिसकेको छ ।
प्रवक्ता काफ्लेका अनुसार कसले कहाँबाट ह्याक गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ । ह्याक भएपछि अहिले वेबसाइट पूर्णरूपमा खुल्दैन ।
हालै मतदाता नामावली संकलनको प्रक्रियामा निर्वाचन आयोगले विभागसँग सूचना प्रणाली जोडेको थियो ।

