Aadarsh-Daily

मधेस प्रदेशमा विपक्षी सात दलद्वारा प्रदेशसभा बैठक बोलाउन माग

ad-4p

मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता भएको समयमा विपक्षी सात दलका प्रदेशसभा सदस्यहरूले उपसभामुख बबिता राउतलाई भेटेर बैठक बोलाउन आग्रह गरेका छन्।

content ad p2

माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहका अनुसार ३२ सदस्यको हस्ताक्षरसहित मंसिर ३ गते बैठक आह्वान गर्न निवेदन पेश गरिएको हो। उनले बताए अनुसार, संविधानअनुसार कम्तीमा २५ प्रतिशत सदस्यको मागमा उपसभामुखले बैठक आह्वान गर्न सक्ने प्रावधान छ। प्रस्तावलाई बैठकमार्फतै अगाडि बढाउने उद्देश्यले यो कदम चालिएको हो।

content left

बैठक आह्वानको माग गर्ने दलहरूमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी, र माओवादी केन्द्र समावेश छन्।

अहिले प्रदेशसभा बैठक लामो समयदेखि बस्न सकेको छैन। तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वास मत लिन बस्ने प्रयास गरे पनि बैठक स्थगित भएको थियो। प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति र सभामुखले पाँच सदस्यको

पदमुक्ति निर्णय गरेपछि सचिवालयले बैठक डाक्न सकेको छैन।
सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमा हस्ताक्षर गर्ने विपक्षी ६४ सदस्यहरूले उपसभामुखलाई बैठक आह्वान गर्न र सञ्चालनमा सहयोग गर्न विशेष आग्रह गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily