Aadarsh-Daily

मधेशमा एमालेलाई एक महिनामै तीन ठूलो झट्का

ad-4p

मधेश प्रदेशमा नेकपा (एमाले) लगातार राजनीतिक दबाबमा परेको छ। झण्डै एक महिनाको अवधिमा पार्टीले तीनवटा महत्वपूर्ण पद—प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्री—गुमाएको छ।

content ad p2
content left

पहिलो झट्का प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त हुँदा लाग्यो। दोस्रो, एमालेका रामचन्द्र मण्डल दुई–तिहाइ मतले सभामुखबाट हटाइए। तेस्रो, संविधानविपरीत नियुक्ति भएको ठहरपछि एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत लिन नसकेर बुधबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्‍यो।

लगातारको राजनीतिक प्रवाह र अदालतका हस्तक्षेपसँगै एमाले मधेश प्रदेशमा सत्ताबाट पूर्णतः बाहिरिएको छ। प्रदेशमा अब नयाँ राजनीतिक संयोजनका लागि दलहरूको दौडधूप तीव्र बनेको छ।


सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily