Aadarsh-Daily

मधेश प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकार बन्ने सहमति

ad-4p

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकार बन्ने सहमति बनेपछि सात दल समेटिएको गठबन्धन अब सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ अघि बढ्ने तयारीमा छ।

content ad p2
content left

गठबन्धनका दलहरूले बहुमत सुनिश्चित गर्न आफ्ना सांसदहरूका हस्ताक्षर संकलन गरी समर्थनपत्र तयार गरिसकेका छन्। कांग्रेसका एक सांसदका अनुसार सातै दलका शीर्ष नेता आजै प्रदेश प्रमुख सुरेन्द्र लाभसमक्ष संयुक्तरूपमा दाबी पेस गर्नेछन्।

प्रदेश प्रमुखले तोकेको समयसीमा सकिनुअघि नै दाबी बुझाइने र त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुने बताइएको छ।

यसबीच, गठबन्धनभित्र मन्त्रालय बाँडफाँडबारे छलफल शपथ ग्रहणपछि टुंगो लगाइने तयारी छ। सात दल एकैसाथ अघि बढ्न सहमत भएपछि मधेस प्रदेशको राजनीति आज निर्णायक चरणमा प्रवेश गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily