Aadarsh-Daily

थाइल्यान्ड–कम्बोडिया सीमा क्षेत्रमा दोहोरो गोलाबारी, ५ लाखभन्दा बढी नागरिक विस्थापित

ad-4p

थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा जारी चार दिनयता भएको दोहोरो गोलाबारीका कारण ५ लाखभन्दा बढी नागरिक घरबार छोड्न बाध्य भएका छन्। दुवै देशले एकअर्कामाथि युद्धको आरोप लगाउँदै आएका छन्। अहिलेसम्म सैनिक र सर्वसाधारण गरी १३ जनाको ज्यान गएको अल–जजिराले जनाएको छ।

content ad p2

थाइल्यान्डको रक्षा मन्त्रालयका अनुसार सात राज्यका सुरक्षित आश्रयस्थलहरूमा ४ लाखभन्दा बढी थाइ नागरिकलाई सारिएको छ भने कम्बोडियाले पाँच राज्यका करिब १ लाख नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

content left

साँघातकारी गोलाबारीमा थाइल्यान्डका लडाकु विमानले कम्बोडियाको एक सैन्य संरचनामा आक्रमण गरेको दाबी गरेको छ। अर्कोतर्फ कम्बोडियाले पनि थाइल्यान्डका सीमा क्षेत्रमा १२ भन्दा बढी स्थानमा रकेट र तोप प्रहार गरेको जनाएको छ। अस्पताल र बस्ती नजिकै भएको आक्रमणका कारण नागरिकहरू अस्थायी त्रिपालमा बस्न बाध्य भएका छन्।

गत अक्टोबरमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम असफल भएपछि ट्रम्पले पुनः हस्तक्षेपको घोषणा गरेका थिए। तर थाइल्यान्डको विदेशमन्त्रालयले तत्काल वार्ताको सम्भावना नभएको जनाएको छ।

ह्युमन राइट्स वाचका अनुसार दुवै पक्षले युद्ध तीव्र गतिमा अघि बढाइरहेका छन्। कम्बोडियाले लामो दूरीका रकेट अनियन्त्रित रूपमा प्रयोग गरेको देखिएको छ भने थाइल्यान्डले कम्बोडियाले आधुनिक बमहरू राखेको आरोप लगाएको छ, जुन कम्बोडियाले अस्वीकार गरेको छ।

विवादका कारण कम्बोडियाले दक्षिणपूर्वी एशियाली खेलकुद प्रतियोगिताबाट पनि बाहिरिएको घोषणा गरेको छ। दुई देशबीचको तनाव ८ सय किलोमिटर लामो असंलग्न सीमा र प्राचीन मन्दिर क्षेत्रको आपसी दाबीका कारण दशकौँदेखि लगातार बल्झँदै आएको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily