Aadarsh-Daily

विश्वविद्यालयमा गोलीकाण्ड, दुईको मृत्यु, नौ घाइते

ad-4p

अमेरिकाको रोड आइल्याण्ड राज्यस्थित ब्राउन विश्वविद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने नौ जना गम्भीर घाइते भएका छन्। घाइते सबै विद्यार्थी रहेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ।

content ad p2
content left

घटना विश्वविद्यालयको एक भवनको पहिलो तल्लामा रहेको कक्षाकोठामा भएको हो। गोलीकाण्डपछि विश्वविद्यालय आसपासको क्षेत्र सिल गरिएको छ। प्रहरीले गोली चलाउने व्यक्ति पैदलै फरार भएको र खोजी तीव्र पारिएको जनाएको छ।

घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन्। पछिल्लो घटनासँगै सन् २०२५ मा अमेरिकामा भएका सामूहिक गोली प्रहारका घटनाको संख्या ३८९ पुगेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily