Aadarsh-Daily

पर्साका ६२ मतदानस्थल अति संवेदनशील , सुरक्षा व्यवस्था कडा

ad-4p

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ। जिल्लाका १ सय ६७ मतदानस्थलमध्ये ६२ लाई अति संवेदनशील, ८५ लाई संवेदनशील र २० लाई कम संवेदनशील सूचीमा राखिएको छ।

content ad p2

जिल्लामा दुई अस्थायी मतदान केन्द्रसहित कुल ४४३ मतदान केन्द्र छन्। क्षेत्र नम्बर १ मा ३४, क्षेत्र २ मा ३८, क्षेत्र ३ मा ४७ र क्षेत्र ४ मा ४८ मतदानस्थल रहेका छन्।

content left

प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सुरक्षा निकाय र निर्वाचन कार्यालयको टोलीले मतदानस्थल निरीक्षण गर्दै जोखिम मूल्यांकन र आवश्यक तयारीको कार्य अघि बढाइरहेको छ। अहिलेसम्म ६० मतदानस्थलको स्थलगत निरीक्षण सम्पन्न भइसकेको छ। निरीक्षणको आधारमा सुरक्षा रणनीति परिमार्जन गर्दै थप व्यवस्थापन भइरहेको प्रजिअले जानकारी दिए।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले पर्साको खुला सीमा क्षेत्रमा पनि निगरानी कडा गरिएको बताउँदै आवश्यक जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापन गरिएको जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मतदातालाई सचेत गर्दै उम्मेदवारले भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग नगर्न निर्देशन दिएको उल्लेख गरिन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily