Aadarsh-Daily

पर्सा–१ मा राजनीतिक माहोल तातिँदै, रुंग्टाको सक्रिय मतदाता भेटघाट अभियान

ad-4p

पर्सा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले कमिशन वा पदको लोभमा नभई जनताको सेवा र क्षेत्रको विकासका लागि चुनावी मैदानमा आएको स्पष्ट पारेका छन्।

content ad p2
content left

वीरगन्ज–३२ चोर्नीमा आयोजित मतदाता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा रुंग्टाले भने, “म नाम कमाउन होइन, पर्सा–१ को मुहार फेर्न आएको हुँ।” उनले बेरोजगारी चुनौतीको समाधानका लागि उद्योग र कलकारखाना स्थापना गरी युवालाई रोजगारी दिने योजना अघि सारे। “युवालाई विदेश धकेल्ने होइन, आफ्नै माटोमा अवसर सिर्जना गर्ने मेरो संकल्प हो,” उनले जोड दिए।

कार्यक्रममा २५ जना युवा विभिन्न दल छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उम्मेदवारले उनीहरुलाई टीका लगाएर स्वागत गरेका थिए।

मतदाता भेटघाट, घरदैलो र सक्रिय अभियानले पर्सा–१ मा कांग्रेसको राजनीतिक माहोललाई तातोपन थपेको छ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily