
प्रतिनिधि सभा चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मीले स्थायित्व, शान्ति र विकास सुनिश्चित गर्न आगामी फागुन २१ गते सिंगो नेपाली कांग्रेसलाई मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।

पर्सा क्षेत्र–१ का उम्मेदवार अनिल रङ्गटाको वीरगंज–३२ चोर्निमा घरदैलोपछि आयोजित पार्टी प्रवेश कार्यक्रममा कुर्मीले यस्तो आग्रह गरेका हुन् ।
उनले आगामी निर्वाचनमा पार्टीको विजय आवश्यक रहेको र क्षेत्रका विकास तथा जनहितका कार्यक्रम सफल बनाउन कांग्रेसको समर्थन अपरिहार्य रहेको बताए ।

