Aadarsh-Daily

पर्सा–२ मा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो, नीतिगत सुधारमार्फत समग्र विकासको प्रतिबद्धता

ad-4p

वीरगञ्ज, २७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–४ अन्तर्गत हर्दिया हरदाशपुरस्थित धानुक टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

content ad p2

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नीतिगत रूपमा काम गर्दै पर्सा जिल्लाको समग्र विकासका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

content left

उम्मेदवार कानुले पर्सा जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार क्षेत्रमा विद्यमान समस्याहरू समाधान गर्न नीतिगत सुधार अपरिहार्य रहेको बताए। विशेषगरी वैदेशिक लगानी भित्र्याएर जिल्लाभित्रै रोजगारीका अवसर सृजना गर्ने, युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो।

त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार आवश्यक रहेको उल्लेख गर्दै पहुँचयोग्य, पारदर्शी र प्रभावकारी सेवा सुनिश्चित गर्न नीतिगत पहल गरिने उनले बताए। पर्सागढी क्षेत्रमा उत्पादन हुने तरकारी तथा अन्य कृषिजन्य उत्पादनलाई वीरगञ्जसहित देशका विभिन्न बजारसम्म सहज रूपमा पुर्‍याउने व्यवस्था मिलाउने विषय पनि आफ्नो प्राथमिकतामा रहेको उम्मेदवार कानुले जानकारी दिए।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले आफ्ना समस्या, आवश्यकता र अपेक्षाहरू उम्मेदवारसमक्ष राखेका थिए। सो अवसरमा उम्मेदवार कानुले जनताबाट प्राप्त सुझावलाई आफ्नो चुनावी घोषणापत्र र भावी कार्यदिशामा समेट्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीको उल्लेख्य सहभागितासहित सम्पन्न उक्त घरदैलो कार्यक्रममार्फत रास्वपाले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राखेर चुनावी अभियानलाई थप तीव्र बनाउँदै लगेको छ।

सम्बन्धित खबर

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

Aadarsh Daily