Aadarsh-Daily

कृषक र युवासँग संवाद गर्दै कानु, पर्सागढी–३ मा घरदैलो सम्पन्न

ad-4p
content left

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ३ झाबराहा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा कृषक तथा स्थानीयवासीको ठूलो संख्यामा सहभागिता र समर्थन देखिएको थियो।
घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय कृषकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोग्दै आएका समस्याबारे जानकारी लिएका थिए। उनले पशुपालन तथा स्वदेशी व्यवसायबाट उत्पादन गरिएका सामग्रीलाई सहज रूपमा बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, लामो समयदेखि स्थानीयवासीले भोग्दै आएको ऐलानी जग्गासम्बन्धी समस्या समाधानका लागि नीतिगत र कानुनी पहल गरिने उनले बताए।
कानुले स्थानीय घरपरिवारमा बेरोजगार युवाको संख्या बढ्दै गएको उल्लेख गर्दै उनीहरूलाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारीको अवसर सिर्जना गरिने योजना अघि सारीने छन्। यसले युवालाई आत्मनिर्भर बनाउने र गाउँमै आर्थिक गतिविधि बढाउने उनको भनाइ थियो।
त्यस्तै, स्थानीयवासीको आधारभूत आवश्यकता रहेको स्वास्थ्य सेवातर्फ ध्यान दिँदै कानुले पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको बताए।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै यी समस्या चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले कृषक, युवा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रस्तुत गरिएको एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई समर्थन जनाएका थिए।

content ad p2

सम्बन्धित खबर

गलत उपचार र लापरबाहीले बिरामीको ज्यान लियो—-वीरगञ्जको प्रभु अस्पताल प्रकरणमा डा. गुप्तामाथि अनुशासनात्मक कारबाही

Aadarsh Daily

कार्की आयोगको प्रतिवेदन लुकाएको आरोप: माइतीघरमा युवाहरूको कडा प्रदर्शन

Aadarsh Daily

वीरगन्जबाट काठमाडौं लैजाँदै गरिएको ५२ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित दुई जना प्रहरीको फन्दामा

Aadarsh Daily