Aadarsh-Daily

रिमा यादवलाई जिताउन वीरगञ्जको कुहडीमा एमालेको अगुवा भेला सम्पन्न,

ad-4p

वीरगञ्ज । नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२७ कुहडीमा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

content ad p2

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेलामा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

content left

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व संविधानसभा सदस्य बिचारी यादवले आगामी निर्वाचनमा एमाले पर्सा–२ की उम्मेदवार रिमा यादवलाई विजयी गराउन सबै नेता–कार्यकर्तालाई एकजुट भएर सक्रिय हुन आग्रह गरे

यादवले देशको विकास, राजनीतिक स्थायित्व र समृद्धिका लागि एमालेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सङ्गठन सुदृढीकरण, घरदैलो अभियान तथा जनसम्पर्क कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा – २ मा एमाले उम्मेदवार रिमा कुमारी यादवले जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, महिला सशक्तीकरण तथा युवामैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् । साथै, आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरिन् ।

भेलामा सहभागी अगुवा तथा कार्यकर्ताले उम्मेदवारलाई विजयी गराउन घरदैलो, जनसम्पर्क तथा प्रचार–प्रसार अभियानलाई तीव्र बनाउने प्रतिबद्धता जनाएका थिए । स्थानीय तहमा सङ्गठन विस्तार, मतदाता सचेतना अभिवृद्धि र युवा परिचालनलाई प्राथमिकतामा राखी अभियान सञ्चालन गर्ने विषयमा समेत छलफल भएको आयोजकले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily