Aadarsh-Daily

राप्रपाकी बिना कुर्मी भन्छिन्– पर्सा–२ को समृद्धिका लागि स्थिर र स्पष्ट नेतृत्व चाहिन्छ

ad-4p
content left

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना जयसवाल कुर्मीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा जनता भेटघाट कार्यक्रमलाई तीव्रता दिएकी छन् ।

घरदैलो कार्यक्रमअन्तर्गत कुर्मीले बुधवार वीरगञ्ज महानगरपालिका–२९ बसडील्वा र पर्सागढी नगरपालिका–९ तेलियामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेकी हुन् । सो अवसरमा उनले स्थानीय नागरिकका समस्या, अपेक्षा र सुझाव सुन्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराएकी थिइन् ।

मतदातासँगको संवादमा कुर्मीले राप्रपाको मूल एजेन्डाअनुसार सुशासन, राष्ट्रवाद, सनातन धर्म–संस्कृतिको संरक्षण, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मुलुकमा राजनीतिक अस्थिरता र नीति असङ्गतिका कारण विकासले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उनले स्थायित्व र स्पष्ट दृष्टिकोणसहितको नेतृत्व आवश्यक रहेको बताइन् ।

कुर्मीले पर्सा–२ को समग्र विकासका लागि विशेष योजना अघि सारेकी छन् । कृषि क्षेत्रको आधुनिकीकरण, साना तथा मझौला उद्योगको प्रवर्द्धन, युवालाई स्वदेशमै रोजगारी सिर्जना, महिला सशक्तीकरण तथा सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेको उनले बताइन् । त्यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, गुणस्तरीय पूर्वाधार विकास, खानेपानी तथा सरसफाइ व्यवस्थापन, सडक सञ्जाल विस्तार र विपन्न समुदायको जीवनस्तर उकास्ने कार्यक्रमलाई पनि आफ्नो चुनावी प्रतिबद्धतामा समेटेकी छन् ।

कुर्मीले भनिन्, “पर्सा–२ को विकासका लागि स्पष्ट योजना, इमानदार नेतृत्व र जनताको निरन्तर साथ आवश्यक छ । म जनताको विश्वास जितेर क्षेत्रको समृद्धि र सुशासनका लागि समर्पित भएर काम गर्नेछु ।”

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले क्षेत्रको सडक, सिँचाइ, स्वास्थ्य सेवा तथा रोजगारीका विषयमा चासो व्यक्त गरेका थिए । कुर्मीले जनताको सुझावलाई आफ्नो कार्य योजनामा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा आफूलाई समर्थन गर्न आग्रह गरिन् ।

content ad p2

सम्बन्धित खबर

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

Aadarsh Daily

जीतपुरमा लागूऔषधको आशंकामा २६ वर्षीय युवक पक्राउ

Aadarsh Daily