Aadarsh-Daily

मेयर सिंहासन साह द्वारा बहुदरमाई–२ सिसियाडीमा १० लाखको ढलान योजना शुभारम्भ

ad-4p
content left

बहुदरमाई नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत बहुदरमाई नगरपालिका–२ सिसियाडी टोलमा वार्ड कार्यालयदेखि मेन रोडसम्म ढलान कार्य शुभारम्भ गरिएको छ।
कार्यक्रममा सिंहासन साह को प्रमुख आतिथ्य रहेको थियो। साथै वडा अध्यक्ष जितेन्द्र पटेल, गोवालचन प्रसाद यादव, भुवाली यादव, फुलेना साह तेली तथा प्रभु साह लगायत स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो।
नगरपालिकाका अनुसार उक्त ढलान कार्यका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस योजनाले स्थानीय बासिन्दालाई आवतजावतमा सहजता प्रदान गर्नुका साथै वर्षायाममा हुने हिलो तथा जलजमावको समस्या समाधान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहासन साहले विकास निर्माण कार्यलाई प्राथमिकतामा राख्दै जनताको आवश्यकताअनुसार योजना सञ्चालन गरिने बताउनुभयो। स्थानीय बासिन्दाले पनि योजना कार्यान्वयनप्रति खुशी व्यक्त गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरेका छन्।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily