Aadarsh-Daily

पर्सागढी–५ झिंगना टोलमा रास्वपा उम्मेदवार सुशील कुमार कानुको घरदैलो

ad-4p

पर्सा,१ फागुन – रास्वपा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुशिल कुमार कानुले पर्सागढी नगरपालिका वडा नम्बर ५ झिंगना टोलमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

content ad p2
content left

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषक स्थानीयवासीको ठूलो संख्यामा सहभागिता र उत्साहजनक सहभागीता तथा समर्थन रहेको थियो । घरदैलोका क्रममा स्थानीयवासीले पर्सा–२ मा यसपटकको निर्वाचनले समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा जागेको प्रतिक्रिया दिएका छन्।

उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पचरुखि टोलसहित पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकहरूलाई समयमै मल र सिंचाइका लागि पानी उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर पहल गरिने बताए ।

त्यसैगरी बेरोजगार युवाहरूलाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारीको अवसर सिर्जना गरिने योजना अघि सार्दै उनले निर्वाचित भएसँगै यी आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता जनाए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily