Aadarsh-Daily

सर्वोच्चले दिएन अन्तरिम आदेश: धनुषा–१ मा मातृका यादव विजयी मान्य

ad-4p

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

content ad p2

न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको हो।

यस निर्णयसँगै धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा विजयी घोषित भएका नेकपाका उम्मेदवार मातृका प्रसाद यादवको जितले कानुनी मान्यता पाएको छ।

content left

निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको कारण देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरी यादवलाई विजयी घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको थियो।

मतदानअघि मौन अवधि सुरु भएकै दिन फागुन १९ गते आयोगले उजुरीका आधारमा साहको उम्मेदवारी खारेज गरेको थियो। त्यसलगत्तै साहले आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

उम्मेदवारी खारेजसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै अन्तिम आदेश नआएसम्म मतपरिणाम सार्वजनिक गर्न आयोगलाई निर्देशन दिइएको थियो।

यद्यपि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचन आयोगले धनुषा–१ बाट मातृका प्रसाद यादवलाई विजयी घोषणा गरी निर्वाचित भएको प्रमाणपत्र समेत वितरण गरिसकेको छ।

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily