Aadarsh-Daily

वीरगन्जबाट काठमाडौं लैजाँदै गरिएको ५२ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित दुई जना प्रहरीको फन्दामा

ad-4p

वीरगन्ज । पर्साको वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।

content ad p2

पक्राउ पर्नेमा बाराको परवानीपुर गाउँपालिका–१ रहरिया डिहका ४२ वर्षीय राम अशीष राउत अहिर र पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडीका ३० वर्षीय सुवास सर्राफ रहेका छन्।

content left

प्रहरीले उनीहरूको साथबाट लागूऔषध ट्रामाडोल ५२ हजार ३०० पिस ट्याब्लेट बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ७ ख ७६८६ नम्बरको टाटा सुमोलाई आइतबार दिउँसो वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित प्रहरी चेकपोस्टमा रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा गाडीमा सवार अहिर र सर्राफको साथमा रहेको झोला र बोरा जाँच गर्दा ठूलो परिमाणमा ट्रामाडोल ट्याब्लेट फेला परेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।

बरामद लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा आइतबार नै पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily